२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

राहत शिक्षक सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा श्रेष्ठ :

जेठ २४, चौतारा। सिन्धुपाल्चोक जिल्लाको राहत शिक्षक जिल्ला समितिले बोलाएको भेलामा जिल्ला कार्य समितिका अध्यक्ष राजेन्द्र सापकोटा अनुपस्थित भएपछि समितिका उपाध्यक्ष गुणकेशरी श्रेष्ठको अध्यक्षतामा भेला सम्पन्न भएको पाइएको छ ।

जिल्लाको विभिन्न पालिकाहरूबाट उपस्थित राहत शिक्षकहरूको सक्रियतामा भेलामा शिक्षक आन्दोलनको समीक्षा , राहत शिक्षकको जिल्ला कार्यसमिती समीक्षा,पालिका समितिहरूको समीक्षा , नयाँ कार्यसमिति चयन, जिम्मेवारी बाँडफाँड लगायतका विविध विषयमा छलफल निर्णय गरेको छ।

अन्तर्क्रिया र छलफलबाट सुरु भएको भेलाले अध्यक्ष सापकोटाप्रति असन्तुष्टि जनाउदै जिल्ला कार्यसमिति नयाँ ढङ्गले अघि बढ्नुपर्छ भन्ने सुझाव सहित माग गरेको भेलाले नेपाल राहत शिक्षक राष्ट्रिय समिति सम्बद्ध रहनेगरि गुणकेशरी श्रेष्ठलाई जिल्ला कार्यसमिति अध्यक्षमा सर्वसम्मतिले चयन गर्दै २९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ।

भेलामा नेपाल राहत शिक्षक राष्ट्रिय समिति वरिष्ठ उपाध्यक्ष लालबहादुर श्रेष्ठ, महिला उपाध्यक्ष विष्णुमाया तिमिल्सिना, सह-महासचिव कृष्णप्रसाद अधिकारी,सचिव भूपी सरोवर,सदस्य चण्डिका सापकोटा,बिरेन्द्रराज गिरी लगायतको उपस्थिति रहेको थियो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले राष्ट्रिय समितिले उठाएका ९ बुँदे एजेन्डामाथि थप स्पष्ट पार्दै देशभरका ४२ हजार राहत शिक्षकहरूको पेसा सुनिश्चितताका लागि र उमेरहदसम्म पेसा सुरक्षित गर्नका लागि ‘योगदानमा आधारित समाजिक सुरक्षा कोष’ को विकल्प नरहेको बताए ।

भेलाले जिल्ला कार्य समिति गठन गरेसँगै देशभरका राहत शिक्षकहरूको पेसागत सुनिश्चितताका लागि ‘योगदानमा आधारित सामाजिक सुरक्षा कोष’ को एजेन्डा उठाउदै संघर्षरत ‘ नेपाल राहत शिक्षक राष्ट्रिय समिति’ले तय गरेका ९ वटा मुद्दा एवम् मागहरू स्थापित गर्न चरणबद्ध रुपमा आन्दोलनलाई अघि बढाउने निर्णय गरेको छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।