
लालमटिया, असार – १५ ।
असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा दाङ जिल्लाको राप्ति गाउँपालिका -२ लालमटिया स्थित चन्द्रज्योती बोर्डिङ स्कुलका शिक्षक तथा विद्यार्थीहरुले दही-चिउरा खानुको साथै धानरोपाइँ गर्दै यस वर्षको राष्ट्रिय धान दिवस पर्व मनाएका छन् ।

उक्त विद्यालयका शिक्षक दिलीप ओली नेतृत्वमा सम्पन्न भएको रोपाईं कार्यक्रममा सहभागीहरूले हिलोमा धान रोप्दै परम्परागत कृषि कार्यको अनुभव लिने र सिक्ने अवसर पाए।
यसैबिच रोपाइँ कार्यक्रम पश्चात दही–चिउरा खाँदै सबैले पर्वको रमाइलो वातावरण साझा गरे।

कार्यक्रमले विद्यालय र कृषि संस्कृतिबीचको सम्बन्ध बलियो बनाएको छ,” रोपाइँ कार्यक्रम संयोजक ओलीले जलबराह मिडिया डटकमलाई बताए ।

कार्यक्रमले विद्यार्थीहरूमा कृषिप्रतिको रुचि र माटोसँगको सम्बन्ध बढाउने अपेक्षा गरिएको , सिक्दै सिकाउदै रमाइलोका साथ कार्यक्रम सम्पन्न भएको र यस दिनले कृषि परम्परा, प्रकृति र शिक्षाको सजीव समिश्रण प्रस्तुत गरेको विद्यालयका प्रीन्सिपल गिरिराज पौडेलले बताए ।
























