२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार
rapti gyalaxy
previous arrow
next arrow

राप्ती गाउँपालिकाका कर्मचारीद्वारा कार्यालय परिसरमा सरसफाइ

दाङ राप्ती, असोज २९ । दाङको राप्ती गाउँपालिकाका कर्मचारीले राष्ट्रिय सरसफाइ सप्ताहअन्तर्गत बुधबार गाउँपालिकाको कार्यालय परिसरमा सरसफाइ गरेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहको नेतृत्वमा कर्मचारीहरूले प्रशासनिक भवन परिसरको सरसफाइ गर्दै स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण निर्माणको सन्देश दिएका हुन् ।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनअनुसार असोज २२ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय सरसफाइ सप्ताहअन्तर्गत गाउँपालिकाले पनि सरसफाइ अभियान सञ्चालन गरेको हो ।

अभियानको उद्देश्य गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउनुका साथै सरसफाइलाई दैनिक जीवनको अभिन्न अंगका रूपमा विकास गर्नु रहेको छ ।

यसका लागि गाउँपालिकाभित्रका सरकारी निकाय, शैक्षिक संस्था, विभिन्न संघसंस्था तथा सरोकारवालालाई आ–आफ्नो कार्यालय, संस्था र परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको थियो ।

गाउँपालिकाकी सरसफाइ शाखा प्रमुख गीता चौधरीका अनुसार अभियानले सरसफाइसम्बन्धी सकारात्मक आचरणको विकास गर्ने, न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त गर्ने तथा सरसफाइका निर्धारित मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखेको छ ।

उहाँले सरसफाइलाई अभियानमा मात्र सीमित नराखी नियमित व्यवहारका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण निर्माणका लागि सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।

गाउँपालिकाले सरसफाइ अभियानलाई प्रभावकारी बनाउन विभिन्न संघसंस्था तथा सरोकारवालालाई आफ्नो क्षेत्र र परिसरमा नियमित सरसफाइ गर्दै अभियानलाई सफल बनाउन आग्रह गरेको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।