२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

राप्ती अस्पतालबाट सात महिनामा १९ हजारलाई सेवा

देउखुरी ,साउन-२६ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालले पछिल्लो समय सेवा, पूर्वाधार, व्यवस्थापन र दक्ष चिकित्सकको उपलब्धतामा उल्लेखनीय सुधार गर्दै जनताको विश्वास जित्न सफल रहेको पाइएको छ।

अस्पताल प्रशासन अनुसार पछिल्ला केही महिनामा गुणस्तरीय सेवा प्रवाह, संरचना र व्यवस्थापनमा उल्लेखनीय प्रगति भएको पाइन्छ ।

सात महिनामै दैनिक डेढ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. श्रवण चौधरीको भनाई छ ।

“हाल २४ सैं घण्टा आपतकालीन सेवा, ल्याब परीक्षण,भिडियोएक्स-रे,फार्मेसी,अन्तरङ्ग,प्रसुती सेवा लगायतका सुविधा नियमित सञ्चालनमा छन्,” डा. चौधरीले भने “स्थानीय जनताको अपेक्षाअनुसार गुणस्तरीय सेवा दिन हामी पूर्णरूपमा प्रतिबद्ध छौँ।”

एमडी जिपी डा. हरि पाण्डेका अनुसार पछिल्लो समय अस्पतालबाट सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध भएकाले बाहिर रिफर हुने बिरामीको संख्या घटेको छ।

“अत्यन्त जटिल केस बाहेक अधिकांश बिरामी यहीँ भर्ना गरेर उपचार गर्दै आएका छौँ,” उनले भने , “पर्याप्त उपकरण र स्रोतसाधन भए यहीँ शल्यक्रिया सेवा समेत सुरु गर्न सकिन्छ।”

राप्ती आधारभूत अस्पताललाई गुणस्तरीय र आधुनिक स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्न गाउँपालिका निरन्तर प्रयत्नशील रहेकोमा
“जनताको विश्वास जित्नु नै अस्पतालको प्रमुख उपलब्धि हो,” “अस्पताललाई अझ व्यवस्थित र सुविधा सम्पन्न बनाउन थप योजना अघि बढाइरहेको अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको भनाइ रहेको छ ।

Oplus_131072

अस्पतालका प्रशासन प्रमुख धनबहादुर खड्काका अनुसार ७ महिनामा मात्रै १९ हजार १ सय २ जनाले सेवा लिइसकेका छन्, संरचनागत सुधार, कर्मचारी व्यवस्थापन र उपकरण अभावको समाधानका लागि निरन्तर पहल भइरहेको छ।

सेवाग्राहीहरूले अस्पतालको व्यवस्थापन, सेवा र पहुँचमा आएको सुधारले सन्तुष्टि मिलेको बताएका छन्। “पहिला सामान्य उपचारका लागि बुटवल, भैरहवा, नेपालगञ्ज जानुपर्ने बाध्यता थियो, अहिले आवश्यक सेवा राप्ती आधारभूत अस्पतालमै सहज रूपमा पाइन्छ,” सेवाग्राही देबिराम ओलीले बताए।

हाल अस्पतालमा दुई एमडी जिपी, चार मेडिकल अफिसरसहित ४१ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन्। साथै, प्रत्येक हप्ता बुटवलबाट विभिन्न रोगका विशेषज्ञ चिकित्सक आएर सेवा दिइरहेका छन्।

यस क्षेत्रका सरोकारवालाहरूका अनुसार राप्ती आधारभूत अस्पतालले गाउँपालिका भित्रको स्वास्थ्य क्षेत्रमा नयाँ आशा र विश्वासको वातावरण सिर्जना गरेको छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।