दाङ, राजपुर । जलबराह मिडिया
हुलाकी राजमार्गअन्तर्गत पर्ने राजपुर गाउँपालिका–६ गंगदी क्षेत्रको सडक पूर्ण रूपमा प्रयोगमा नआएको भन्दै वडा कार्यालयले तत्काल पुल तथा कल्भर्ट निर्माण गर्न माग गरेको छ।
वडा नं. ६ का अध्यक्ष श्यामबहादुर रोकाको हस्ताक्षरमा हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्ज बाँकेलाई पत्र पठाइएको हो।
उक्त पत्रमा उल्लेख गरिएको छ कि सडक कालोपत्रे भइसकेको भए पनि “ कतिपय खोल्सा र खोलानालामा पुल/कल्भर्ट निर्माण नभएकाले सडकको पूर्ण उपयोग सम्भव नभएको” जनाइएको छ।
वडा कार्यालयले पत्रमार्फत सडक निर्माणका कारण स्थानीय जनतालाई अत्यधिक समस्या भएको र जनजीवन प्रभावित भएको उल्लेख गर्दै राजपुर–६ र वडा नं. ५ को सिमानामा पर्ने सालभौरी खोलामा तत्काल पुल तथा कल्भर्ट निर्माण गर्न निर्देशनालयसँग अनुरोध गरेको छ।
पत्रमा भनिएको छ —
“राजपुर गाउँपालिकाको पश्चिमतर्फका स्थायी बासिन्दा तथा सडक प्रयोगकर्ताको आवश्यकता मध्यनजर गर्दै सडक कालोपत्रे तथा पुल/कल्भर्ट निर्माण कार्य तत्काल गर्न आवश्यक छ।”
























