२०८२ मंसिर २८ आईतवार
२०८२ मंसिर २८ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

राजपुर-२ को फेमिली स्कुलले मनायो आफ्नो १५ औं वार्षिकोत्सब :

दाङ देउखुरी । राजपुर -२ मटेरिया स्थित फेमिली प्याराडाइज इङलिस बोर्डिङ स्कुलको १५ औं वार्षिक उत्सव कार्यक्रम आइतबार भब्यरुपले सम्पन्न भएको छ ।

oplus_2

विद्यालय व्यवस्थापन समितिका सदस्य तथा समाजसेवी तुलसीराम भण्डारीको अध्यक्षता तथा राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादवको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्ष यादवले जबसम्म समाजका जिम्मेवारी व्यक्तिहरु एकजुट हुँदैन तबसम्म शिक्षामा सुधार आउन नसक्ने बताएका छन् ।

oplus_2

उनले दाङ जिल्लाको दशवटा पालिका मध्य राजपुर गाउँपालिकाले मात्र नि:शुल्क शिक्षा प्रदान गरेको दाबी गर्दै आफ्ना बालबालिकालाई जुनसुकै विद्यालयमा पढाएपनि विशेष गरेर अभिभावकहरुले आफ्ना बालबालिकालाई ध्यान दिनुपर्ने बताए ।
निशुल्क रुपमा पढाउन चाहाने अभिभावकको लागि शून्य शुल्कमा पढाउने बातावरण पालिकाले गरेको भएपनी निजि बोर्डिङ्ग स्कुलमा पढाउन चाहेमा राजपुर गाउँपालिकामा एउटा मात्र माध्यमिक तह सम्मको संस्थागत विद्यालय फेमिली प्याराडाइज इङलिस बोर्डिङ स्कुल रहेको स्पष्ट पारे । उनले आफ्ना बालबालिकालाई टाढा लगेर पढाएपनि खर्च बढी आउने तर त्यसको परिणाममा कुनै फरक नआउने भएको हुँदा नजिकको विद्यालयमै पढाई आफ्नो समुदायलाई माथी उठाउन अभिभावकहरुलाई आग्रह गरे ।

विद्यालय संचालिका देबा खनालको स्वागत मन्तव्य तथा छात्रा पर्मिला बुढा, गोमा खत्री, दिपा बिकको स्वागत नृत्यबाट सुरु भएको कार्यक्रममा घुम्ना इङलिस बोर्डिङ स्कुल लमहीका प्रिन्सिपल प्रकाश चौधरी,कठबेरुवा-मटेरिया खानेपानी संस्थाका अध्यक्ष ऋषिराम घिमिरे,मुनामिलन इङलिस स्कुल गढवाका एमडी लोकराज भुसाल,डिबेल इङलिस स्कुल गढवाका प्रिन्सिपल भानुप्रसाद यादव, समाजसेवी नारायण प्रसाद भट्टराई, जनकल्याण सामुदायिक वन राजपुर-३ का अध्यक्ष लिलाराम यादव,खैरेनी सामुदायिक वन राजपुर-१ सिरिया नाका अध्यक्ष देबिराम सुनार (अपिल),राजपुर -१ कठबेरुवा निवासी समाजसेवी प्रेमी सोमइ घर्ती मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक टोपेन्द्र खनालले अफ्नो दुर्गम स्थानमा विद्यालयको स्थापना गर्नुको उद्देश्य सहित हालसम्म आँफुले गरेका संघर्षको बारेमा उपस्थित अतिथि, अभिभावक तथा शिक्षक विद्यार्थीलाई विशेष रुपले जानकारी गराएका थिए ।
यसैबिच विद्यालयका पुर्व अभिभावक तथा जेष्ठ नागरिक अमि महरालाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गरि विद्यालयले सम्मान गरिएको थियो ।

Oplus_131072

कार्यक्रममा दीप प्रज्वलनको साथै विद्यालयका १५ कन्यालाई टीका /दक्षिणाले सम्मान गरि कार्यक्रमको उदघाटन गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले देशभक्ती तथा आफ्नो सस्कृती झल्किने गितमा नृत्य प्रदर्शनका साथ बिबिध किसिमका प्रतिभा प्रस्तुत गरेका थिए भने पारिवारिक वातावरणमा संचालित विद्यालयका अभिभावकहरु समेतले आफ्नो बिजोड नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

विद्यालयको वार्षिक उत्सव कार्यक्रमको अबसरमा आफ्ना कला प्रतिभा देखाउने विद्यार्थी र अभिभावकहरुलाई विद्यालयले सम्मान पत्रको साथमा नगद पुरस्कारले सम्मान गरेको थियो भने कार्यक्रमको संचालन विद्यालयका भाइस प्रिन्सिपल अनुप चौधरीले गरेका थिए ।प्रमुख अतिथिका लागि राजपुर गाउँपालिका अध्यक्षले समय दिएको भएतापनि बिशेष कारणवश उपस्थित हुन नसक्दा उनकै निर्देशनमा कार्यक्रमका विशिष्ट अतिथिको रोहवरमा सम्पन्न भएको थियो ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।