दाङ, भाद्र ११। रसुवामा भएको घटनापछि राजपुर गाउँपालिका–१, कठबेरुवा घर भएका दुई जना जलविद्युत् आयोजनामा कार्यरत व्यक्ति परिवारको सम्पर्कमा नआएपछि परिवारजनमा चिन्ता बढेको छ।
राजपुर–१, कठबेरुवा निवासी रामराज चौधरीका ३१ वर्षीय छोरा गोपाल चौधरी र सोही स्थानका जुनु चौधरीका ३६ वर्षीय श्रीमान् बुधिराराम चौधरी रसुवास्थित Sanjen Khola Operation & Maintenance Project (78 MW Hydropower) मा कार्यरत रहेको बताइएको छ।
रसुवामा घटना भएपछि उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा नआएको र हालसम्म उनीहरूको अवस्था तथा अवस्थिति बारे जानकारी प्राप्त हुन नसकेको जनाइएको छ।
उनीहरूबारे कुनै जानकारी प्राप्त भएमा वा सम्पर्कमा आएमा नजिकैको प्रहरी कार्यालय वा जलबराह मिडियालाई जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ।
सम्पर्कविहीन व्यक्तिका सम्पर्क नम्बर:
📞 9769214328
📞 9822841003
📞 9762025702
जलबराह मिडिया सम्पर्क:
📞 9847825731
📞 9809802740
सम्पर्कविहीन दुवै जनालाई सम्पर्कमा ल्याउन तथा उनीहरूको अवस्थाबारे जानकारी प्राप्त गर्न सम्बन्धित निकाय, आयोजना व्यवस्थापन, सहकर्मी तथा सर्वसाधारणमा सहयोग गरिदिन परिवारले अपिल गरेको छ।

























