२०८२ पुष ३० बुधबार
२०८२ पुष ३० बुधबार
rapti gyalaxy
previous arrow
next arrow

राजपुर गाउँपालिकाका संस्थागत बिद्यालयको बैठक शिक्षा शाखामा सम्पन्न , शैक्षिकसत्र सुरु नहुँदै विद्यार्थी भर्ना गर्न नपाइने:

दाङ देउखुरी /राजपुर , मंसिर २९। दाङ जिल्लाको राजपुर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित संस्थागत विद्यालयहरुसंगको बैठक राजपुर गाउँपालिका शिक्षा अधिकृत बासुदेव खनालको अध्यक्षतामा राजपुर गाउँपालिकाको शिक्षा शाखा कार्यालय कक्षमा सम्पन्न भएको छ ।

सम्पन्न बैठकमा ६ वटा प्रस्तावहरु पारित भएका छन् । पारित निर्णयहरुमा स्थानीय पाठ्यक्रममा आधारित ” हाम्रो राजपुर ” पाठ्यपुस्तक पालिकाबाट खरिद गरि लागु गर्नु पर्ने, १०% छात्रवृत्ति विवरण अभिलेख एक हप्ताभित्रमा तोकिएको ढाचामा शिक्षा शाखामा पेश गर्नु पर्ने, शिक्षा नियमावली अनुसार विव्यस गठन गर्नु पर्ने , शैक्षिकसत्र २०८२ को कक्षा ५ को वार्षिक परीक्षा पालिकाले तोके बमोजिम संचालन हुने, प्रत्येक वर्ष शैक्षिकसत्र सुरु भएपछि मात्र अनुमती प्राप्त कक्षामा विद्यार्थी भर्ना गर्नुपर्ने रहेका छन् ।
राजपुर गाउँपालिकाद्वारा जारी संस्थागत विद्यालय – २०८२ को विवरण अनुसार राजपुर गाउँपालिकामा रहेका संस्थागत विद्यालयहरुको नामावली अनुसार
१- सोमइथान इङ्गलिस बोर्डिङ स्कुल
२- देउखुरी ग्रीनल्याण्ड इङ्गलिस बोर्डिङ स्कुल
३- राजपुर हिमालय इङ्गलिस बोर्डिङ स्कुल
४- बुद्ध किरण इङ्गलिस बोर्डिङ स्कुल
५- फेमिली प्याराडाईज इङ्गलिस बोर्डिङ स्कुल
रहेको पाइन्छ ।

Oplus_131072
Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।