
दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर -२ स्थित फेमिली प्याराडाईज ई. बो. स्कुलका अभिभावकबिच मनोरञ्जनात्मक खेल प्रतियोगिता कार्यक्रम यहि पौष १२ गते शुक्रबार विद्यालय प्राङ्गणमा सप्पन्न भएको छ।

अभिभावकहरुबिच भएको घैटा फोर खेलतर्फ अशोक यादव प्रथम , चम्चा दौडतर्फ कुशुम भण्डारी प्रथम , इन्द्रा कुमारी बिक द्वितीय , राम कुमारी बिक तृतीय , कुर्सी दौडतर्फ रनेश्वर नेपाली प्रथम , गङ्गा बिसी द्वितीय , राम कुमारी बिक तृतीय भएका छन् ।


यसैगरी बेलुन गेमतर्फ अशोक यादव प्रथम र द्वितीय पेमा चौधरी भएका छन् भने फास्ट पिकिङ्ग बल खेलतर्फ सुस्मिता बिक प्रथम भएकी छिन् ।
विद्यालयका विव्यस जेष्ठ सदस्य तथा शिक्षाप्रेमी तुल्सिराम भण्डारीद्वारा बिजेतालाई टीका लगाई सम्मान गरिएको थियो।

बिजेतालाई सम्मानस्वरुप पुरस्कार बसन्तपन्चमीका दिन दिइने योजना रहेको बताउँदै विद्यालयका प्रवन्धक निर्देशक तथा प्रधानाध्यापक टोपेन्द्र खनालले फेमिली स्कुल पारिवारिक वातावरणमा संचालित भएको हुँदा परिवारको महत्वपूर्ण पक्षकोरुपमा अभिभावक रहेको हुँदा बिध्यार्थी शिक्षकको साथसाथै अभिभावकलाई पनि यस प्रकारका कार्यक्रम सहभागी गराउँदै अघि बढिरहेको खनालले बताए ।

कुर्सी दौडतर्फ प्रथम स्थान हासिल गरेका राजपुर -१ कठबेरुवा निवासी फेमिली स्कुलका अभिभावक रनेश्वर नेपालीले कार्यक्रमको आयोजना गरेकोमा विद्यालयलाई धन्यवाद दिदै स्थानिय स्तरमा रहेको फेमिली स्कुललाई साथ दिन सबै अभिभावकहरुलाई आग्रह समेत गरे ।

























