२०८२ बैशाख १० बुधबार
२०८२ बैशाख १० बुधबार

मोटरसाइकल दुर्घटनामा दाङमा दुई जनाको ज्यान गयो:

दाङ । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवाहरुको मृत्यु भएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर बस्ने २७ वर्षीय श्रबण पुन र घोराही-४ को २१ वर्षीय विनोद केसीको घटन स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै शवलाई लमही अस्पतालमा पोस्टमार्टम गरि आफन्तलाई जिम्मा लगाइएको ट्राफिक प्रहरी कार्यालय लमहीका इन्चार्ज प्रहरी सहायक निरीक्षक टेकबहादुर कुसारीले जानकारी दिए । रा ८ प २९४० नम्बरको बुलेट बाइक लमही नगरपालिका ६ कुसुम गैरा भन्ने ठाउँमा दुर्घटनामा परेको अवस्थामा बिहान सवा ६ बजे तिर फेला पारिएको सहायक निरीक्षक कुसारीले जानकारी दिए ।

यस्तै दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन । उनीहरुको साथमा रहेको लाइसेन्सका आधारमा पहिचान भएको प्रहरीले जानकारी दिएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।