२०८३ कार्तिक ८ शनिबार
२०८३ कार्तिक ८ शनिबार
rapti gyalaxy
previous arrow
next arrow

बिरामीमाथि अभद्र व्यवहार गरेको आरोपमा पोलिक्लिनिक सञ्चालक पक्राउ

नेपालगञ्ज, बाँके – बाँकेको कोहलपुरस्थित एक पोलिक्लिनिकका सञ्चालक करणीसम्बन्धी कसूर (अभद्र व्यवहार/गैरकानुनी उपचार) को आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका वडा नं. ११, रेडक्रस रोडमा सञ्चालित थापा पोलिक्लिनिकमा उपचारका लागि गएकी एक बिरामी महिलामाथि अवाञ्छित तथा अभद्र व्यवहार (गोप्य अंग छोएको/चलाएको) गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले कारबाही अघि बढाएको हो।

पीडित पक्षबाट औपचारिक जाहेरी दरखास्त परेपछि प्रहरीले पोलिक्लिनिकका सञ्चालक ६३ वर्षीय गणेशबहादुर थापालाई नियन्त्रणमा लिएको छ।

प्रहरीको प्रारम्भिक छानबिनका क्रममा थापासँग स्वतन्त्र रूपमा बिरामीको उपचार गर्ने कानुनी इजाजत नभएको र उनी केवल सीएमए (CMA) प्रमाण-पत्रधारी मात्र रहेको खुलेको छ। उनले ‘नेपाल मेडिकल काउन्सिल, कोड अफ एथिक्स एण्ड प्रोफेसनल कन्डक्ट, २०१७’ को व्यवस्था विपरीत कार्य गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका थापामाथि जिल्ला अदालत बाँकेबाट करणी सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।