नेपाली प्रवासी । नयाँ हडपसर वानवाडी प्रारम्भिक समितीका अग्रज हरि बिष्टको पहलमा प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समितिद्वारा भारतको पुणेमा ११ सदस्यीय प्रारम्भिक समिती गठन भएको छ ।
प्रवासी नेपाली संघ भारतका सदस्य तुल बहादुर थापाको अध्यक्षता , संघका केन्द्रीय सदस्य मुकेश कुँवरको प्रमुख आतिथ्य र संघका केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका सदस्य त्रिलोचन देवकोटाको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
नवगठित समितिको अध्यक्षमा हरि बिष्ट , उपाध्यक्ष पदमा भिम बहादुर बि.क, सचिव पदमा भिम बहादुर भण्डारी , कोषाध्यक्ष पदमा निराजन बिष्ट ,सहसचिव पदमा टंक बिष्ट ,सदस्यहरुमा तुला सिंह थापा , राम बहादुर बिक, धर्म बिष्ट, जनक भण्डारी , देवी थापा र योगेश ढकाल रहेका छन ।
पछी ४ सदस्य थप्ने गरि हडपसर वानवाडी प्रारम्भिक समिति गठन भएको छ। नवगठित प्रारम्भिक समिति लाई प्रमुख अतिथि मुकेश कुँवर सम्बोधन गर्दै प्रवासी नेपाली संघ भारत मा सदस्य बन्ने प्रत्येक सदस्य स्वच्छ बानी व्यहोरा ,नैतिकता मानवता तथा समाज प्रति बफादार व्यक्ति नै सदस्य बन्न सक्ने प्रावधान बारे स्पष्ट पारेका थिए ।
प्रवासी संघ का सामाजिक कार्यकर्ताले आफ्ना हकाधिकार को लागि खट्न निर्देशन दिएका थिए। विशिष्ट अतिथि त्रिलोचन देवकोटा ले प्रवासी नेपाली संघ भारत भनेको प्रवासी नेपाली लाई साक्षर गराउने जेठो नेपाली संगठन हो भनी जानकारी गराएका थिए ।
उक्त महत्त्वपूर्ण कार्यक्रममा कोरेगाऊ प्रारम्भिक अध्यक्ष तथा पदेन पुना नगर समिति सदस्य रोम बहादुर कामी को पनि अतिथीको रुपमा उपस्तिथि रहेको थियो ।
























