२०८२ बैशाख १० बुधबार
२०८२ बैशाख १० बुधबार

प्रवासी नेपाली संघद्वारा भारतमा हरितालिका तीज कार्यक्रम सम्पन्न:

प्रवासी नेपाली संघद्वारा भारतको बालाजीनगर पुणेमा हरितालिका तीज कार्यक्रम सम्पन्न गरेका छन ।
प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समिती अन्तर्गत बालाजी नगर समिति तथा महिला बिभागको आयोजनामा 5 सेप्टेम्बर 2024 का दिन हिन्दु नारीहरुको महान चार्ड हरितालीका तिज मिलन तथा सास्कृतिक कार्यक्रम नगर अध्यक्ष गणेश जैसी को अध्यक्षता एबं बालाजी नगर सचिब प्रेम खतिवडाको संचालनमा पुणे शहर स्थित मंगल उद्यान सभा हलमा सौहार्द वातावरणमा सभ्य र भब्य रुपमा सु -सम्पन भएको हो ।
कार्यक्रम को प्रमुख अतिथी संघ का केन्द्रीय समिति सचिवालय सदस्य एबं महाराष्ट राज्य समिति इन्चार्ज भिम खड्का , बिशिस्ट अतिथि संघ का केन्द्रीय सचिवालय समिति सदस्य जयसिंह आउजी ,अतिथि संघका केन्द्रीय सदस्य मुकेश कुवर ,भोजकुमारी कार्की , हरिष बिक , अतिथि संघका केन्द्रीय सदस्य तथा महाराष्ट राज्य समिति अध्यक्ष जनक खड्का , अतिथी संघका केन्द्रीय सल्लाहकार परिषद सदस्य मोहन लोहार , झप्पर कडारा , राजेश कुवर , शालिभान बिक , ,संघका केन्द्रीय प्रचारप्रसार बिभाग सदस्य त्रिलोचन देबकोटा केन्द्रीय समिति बिभागिय सदस्य पदम रिमाल संघ का निवर्तमान केन्द्रीय समिति सचिवालय सदस्य आकास कुवर , अतिथी नेजस भारत का केन्द्रीय बिभागिय सदस्य शंकर खतिवडा लगाएत बिभिन्न समाजका अगुवा , भाईचारा संघ संगठन का प्रतिनिधि , सामाजिक अगुवा ,तिन वटै नगर समिति पुना नगर ,कोथरोड नगर र बालाजी नगर समिति बाट राज्य समिति मा प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण पदाधिकारी ,सचिवालय , राज्य ,सल्लाहकार र बिभागिय सदस्य ज्यू हरुको आतिथ्य ता रहेको थियोे । भने पुना नगर ,कोथरोड नगर र बालजी नगर समिति महिला बिभाग सदस्य लगाएत पुना शहर मा बस्नुहुने आम जनसमुदाय बिषेश गरि महिला दिदिबहिनी हरुको बाक्लो उपस्थिति रहेको थियोे । मंञ्चमा आसिन अतिथि गण लाई स्वागत र सम्मान पार्वती जैसी , जानकी खनाल र पार्वति जोसी खतिवडा ले अबिर टिका , ब्याच र खादा ले स्वागत सम्मान गरिसके पछि । कार्यक्रम हलभित्र अतिथि तथा सबै जना आ आफ्नो ठाउँमा उभिएर नेपाल राष्ट्र जन्म भुमि र कर्म भुमी दुबै राष्ट्र लाइ सम्मान गर्दै दुबै देश का राष्ट्रिय गित गाएर सम्मान गर्नु भएको थियोे । लगत्तै ज्ञात अज्ञात सहिद प्रति उच्च सम्मान सहित बिर सहिदको सम्झनामा १ मिनेट को मौनधारण गरिएको थियो ।

पानसमा बत्ती बाली दिप प्रज्वलन गर्दै कार्यक्रम को प्रमुख अतिथी संघ का केन्द्रीय समिति सचिवालय सदस्य एबं महाराष्ट राज्य समिति इन्चार्ज भिम खडका बाट भएको थियोे ।
बालाजी नगर समिति उपाध्यक्ष गिता भण्डारीले स्वागत मन्तब्य दिए लगतै अतिथी र आम दर्शक लाई स्वागत गित नृत्यबाट बाल कलाकार शिवानी अधिकारी ले स्वागत गर्नु भएको थियोे ।
तिनवटै नगर महिला टिमका फरक फरक प्रस्तुति लगाएत महिला दिदिबहिनीहरुका सामुदायिक तिज गितका साथमा सुन्दर नृत्य प्रस्तुती ले साच्चिकै तिज आएको र आफ्नै जन्मभुमि मा रहेको महसुस दिदिबहिनीहरुमा भएको थियो ।
प्रमुख अतिथी भिम खड्का ज्यूले सम्पूर्ण दिदिबहिनी हरुलाई हरितालिका तिजको शुभकामना दिदै तिज को पौराणिक महत्त्व हिमाल प्रर्बत की छोरी पार्वति ले आराध्यदेव शिवजी लाई आफ्नो पति पाउन गरेका तपस्या र बर्तको बारेमा प्रकास पार्नु भएको थियोे ।
अतिथी राज्य अध्यक्ष जनक खड्काले पनि सम्पूर्ण महिला दिदिबहिनी लाई शुभकामना दिदि बालाजी नगर समिति आयोजक सबैलाई बधाई दिनुभएको थियोे ।
कार्यक्रम को अनत्यमा हुडके अम्बर सिंह ढोलीले कालि कर्णाली को सु प्रसिद्धि नाच हुडकेउली नाच प्रस्तुत गरेर सबैलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभएको थियोे । प्र ने स भारत केन्द्रीय समिति बिभागिय सदस्य पदम रिमालको पहलमा प्रनेस भारत को निती र कार्यक्रम लाई मन पराउदै अम्बर सिहं ढोलीले आफ्नो प्रवासको संगठन प्रगतिशील समाज भारत परित्याग गरि आफ्नो २१ जनाको जम्बो टिम र प्र ने स भारत बालाजी नगर समिति सदस्य हंशराज अधिकारी को पहलमा प्रवास नेपाली संर्पक बिभाग भारत र माउवादी पार्टी परित्याग गरि ६ जना जम्मा २७ जना सहित प्रवासी नेपाली संघमा प्रवेश गर्नुभयो ।उहाँको टिमलाई उच्च सम्मान स्वागत गर्दै अतिथि भोजकुमारी कार्की ,आकाश कुवर र पदम रिमालले अबिर टिका र खादा ले सवागत गर्नु भएको हो ।
कार्यक्रम सफल पार्न आर्थिक ,नैतिक तथा भौतिक रुपमा सुझाव सल्लाह र समर्थन नगर समिति का सदस्य लागएत कार्यक्रम को मार्गदर्शन गर्नुहुने अग्रज नेता उपस्थित सम्पूर्ण दिदिबहिनी र नव प्रवेसी समेतलाई नारिहरुको महान पर्व हरितालिका तिजको शुभकामना ब्यक्त गर्दै सबैप्रति आभार प्रकट गर्दै आउँदा दिनहरूमा पनि कमिकमजोरी लाई सुधार्दै लैजाने प्रतिबद्धताका साथ कार्यक्रमका अध्यक्ष गणेश जैसीबाट कार्यक्रम समापनको घोषणा भएको थियो।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।