भाद्र २५, दाङ देउखुरी / राजपुर ।
ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) संस्थाको आयोजनामा पालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति तथा सरोकारवालाहरुबिच एक दिने बैठक तथा छलफल कार्यक्रम राजपुर गाउँ पालिकामा सम्पन्न भएको छ ।
राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परियोजनाको बारेमा जानकारी आदान प्रदान गरिनुका साथै पोषणको कार्यक्रम राजपुर गापाभित्र लागु गर्ने योजना रहेको भएपनि तत्काल राजपुरको ४ , ५ र ६ नम्बर वडाबाट सुरु गरिने निर्णय भएको जस अनुसार राजपुर गापामा रहेका ६ देखि ५९ महिना सम्मका बालबालिका तथा गर्भावस्थामा रहेका महिलाहरुको पोषण सुधारको लक्ष्य लिएको बेस संस्था सहजकर्ता मोहन यादवले जानकारी गराएका छन ।
राजपुर स्वास्थ्य शाखा प्रमुख कमल बहादुर रोकायाले सहजीकरण गरेको उक्त कार्यक्रममा बेस संस्थाका कर्मचारी, राजपुर गापाका १ नम्बर देखि ७ नम्बरसम्मका वडा अध्यक्षहरुको सहभागीता रहेको बुझिएको छ ।