२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

पहिरोमा पत्नी र छोरा गुमाएका भीमबहादुर,बाँच्न मात्रै घर छाडे जस्तो भयो:

असोज १६, काभ्रे । बेथानचोक गाउँपालिका- ३ का भीमबहादुर शंकर दशैं मान्ने खर्च जुटाउन गाउँकै ६ जना साथीहरुसँग उदयपुर गए । २६ भदौमा उदयपुर पुगेका उनीहरुले खानेपानीको पाइप जोड्ने काम पनि पाए ।

केही पैसाको जोहो भएपछि घर फर्किने तरखर गरिरहेका भीमबहादुरले एक्कासी नराम्रो खबर सुने । उनकी पत्नी सविता र ११ वर्षका कान्छो छोरा समीरलाई सुतिरहेकै ठाउँमा पहिरोले पुर्‍यो । खबर थाहा पाउनेबित्तिकै घर फर्किएका भीमबहादुर बाढी र पहिरोले सडक बिगारेका कारण तीन दिनपछि मात्र बेथान चोक आइपुगे ।

आउँदा आउँदै चलाल गाउँमा गाउँपालिका अध्यक्ष भगवान अधिकारी भेटेपछि उनी थचक्कै बसे । भक्कानिँदै उनले भने, ‘म बाँच्नमात्रै घरबाट निस्किए जस्तो भयो ।’

भीमबहादुरका तीन छोरामध्ये जेठो सुरेन्द्र भारतमा र माइलो सन्तोष काठमाडौमा बस्दै आएका छन् । भीमबहादुर दम्पती र कान्छो छोरा समीर गाउँमा बस्थे । घर भएको जमिन नै पहिरो गएकाले भीमबहादुरको केही पनि बाँकी छैन ।

बेथानचोक गाउँपालिका- ४ सलान्दु बगरकी ज्ञानु परियार अशक्त थिइन् । १२ असोजको बाढीमा उनले जेठाजु मदन परियारलाई खोलाले बगाइरहेको देखिन् । उनी सकी नसकी जेठाजुलाई जोगाउन गइन् । मदन त जोगिए तर उनलाई तान्ने क्रममा खोलामा खसेकी ज्ञानु अहिलेसम्म बेपत्ता छिन् ।

उनको खोजी गरिरहेको नेपाली सेना कालीजंग गणका गणपति प्रकाशबहादुर सिंहले जानकारी दिए । बेथानचोकको यही वडामा बाढी-पहिरोबाट ९ जनाले ज्यान गुमाएका छन् ।

बेथानचोक-४ मा बुधबार नेपाली सेनाले चार जनाको शव निकालेको छ । बेथानचोक-४ को चलाल गणेस्थान रोडा ढुंगा उद्योगमा कार्यरत अजय तिमल्सिना र खानीखोला गाउँपालिका घर भएका अमृत रिजाल पुरिएको अवस्थामा शव भेटिएको छ ।

बेथानचोक-४ मा ७० बर्षीय चेतमान तामाङ र उनककी श्रीमती ७० बर्षीया पुतलीमाया तामाङको शव पनि नेपाली सेनाले निकालेको छ ।

कृषि फार्मका भैसीको उद्धार

पनौती नगरपालिका वडा नम्वर ११, १२ र बेथानचोक ४ का खोला छेउका बस्ती बगर बनेपछि त्यस क्षेत्रका बासिन्दा गाउँ छाड्न थालेका छन् ।

पनौती-१२ कोलाँती क्षेत्रका घरहरु बगाएको तथा भएका घरहरु समेत बस्न नहुने अवस्थामा पुगेपछि उनीहरु ठाउँ छाड्न थालेका हुन् ।

उनीहरु पहिरोबाट जोगिएको सामान र पुरिनबाट बचेका पशु चौपायासहित पनौती बजारमा आएका छन् ।

पनौती नगरपालिका-८ मल्पी तिपचोकमा प्रगति कृषि फार्मबाट ४० पशुको उद्धार भएको छ । त्यहाँबाट ३ वटा भर्खरै ब्याएको भैंसी र १४ वटा दुहुना भैंसीको उद्धार गरिएको छ । ती भैंसीले तीन दिनदेखि पानी समेत खान पाएका थिएनन् ।
अनलाइन खबर ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।