
दाङ । दाङ तुलसीपुर उपमहानगरपालिकले यस क्षेत्रका पन्ध्र हजार बालबबालिकाको पोषण अवस्थाको जाँचगर्न सुरु गरेको छ । गैरसरकारी संस्था बेससँगको सहकार्यमा १९ वटै वडामा रहेका ६ महिनादेखी ५९ महिनासम्मका १५ हजार बालबालिकाको शरीरमाभएको पोषण अवस्थाजाँचगरिने अभियान सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिनुभयो ।
न्यौपानेका अनुसार पौष्टिक आहारा कमी भएका बालबालिकालाई उपमहानगरले उपचार गर्ने छ । पोषण जाँचको एक समारोहका बीचआज वडा नम्वर १० बाट सुरु गरिएको छ । उक्त समारोहलाई सम्बोधनगर्दै तुलसीपुरका नगर प्रमुख टिकाराम खड्काले शारीरिक र मानसिक रुपमा बालबालिकालाई स्वस्थ राख्नपौष्टिक आहारा कमीगर्न नहुने बताउनुभयो ।
पौष्टिक आहारा कमी भए कुपोषण लगाएतका प्राण घातक रोगले आक्रमण गर्ने भन्दै नगर प्रमुख खड्काले सम्भावित खतराको पहिचान गर्न पोषण जाँचगर्न थालिएको बताउनुभयो । वडाध्यक्ष यमराज केसीको अध्यक्षतामा भएको कार्यक्रम तुलसीपुर उपमहानगरका प्रमुखप्रशासकिय अधिकृत गेहेन्द्र डाँगी, स्वास्थ्य शाखाका पौष्टिक फोकल पर्सन विमल केसी लगाएतकाले पौष्टिक सचेतनाका बिषयमा बोल्नु भएको थियो ।
























