२०८३ कार्तिक २८ शुक्रबार
२०८३ कार्तिक २८ शुक्रबार
rapti gyalaxy
previous arrow
next arrow

नगरपालिकामा अख्तियारको छापा, ३३ लाख घुससहित प्रशासकीय अधिकृत घिमिरे पक्राउ

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा छापा मारेर घुस रकमसहित प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलगायतका कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेलाई नगरपालिकाबाट रंगेहात पक्राउ गरेको हो।

नगरपालिकामा घुस लेनदेन भइरहेको सूचनाका आधारमा सोमबार अख्तियारको टोली प्रहरीसहित पुगेको थियो ।

अख्तियार स्रोतका अनुसार छापा मार्ने क्रममा प्रमुख प्रशासकीय अधिकृत घिमिरेसहित केही कर्मचारीसमेत नियन्त्रणमा परेका छन् । टोलीले घटनास्थलबाट ३३ लाख रुपैयाँसमेत बरामद गरेको बताइएको छ ।

अख्तियार स्रोतका अनुसार घटनास्थलमा बरामद रकम र अन्य प्रमाणको मुचुल्का तयार गर्ने काम भइरहेको छ । घुस लेनदेन कुन कामसँग सम्बन्धित थियो भन्ने पनि खुल्न बाँकी छ ।

आवश्यक प्रक्रिया पूरा भएपछि नियन्त्रणमा लिइएका बाँकी कर्मचारी, बरामद रकम र घटनासम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिने बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । (अनलाईन नेपाल)

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।