२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

देशभर सप्तऋषिको पुजा गर्दै नारीहरु:

२३ भदौ । आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी नेपाली नारीहरूले सप्तऋषिको पूजा आराधना गरी देशभर मनाइरहेका छन् ।

यस अवसरमा देशका विभिन्न स्थानमा रहेका मन्दिरमा पूजा गर्ने महिलाहरुको घुइँचो देखिन्छ ।

आजको दिनमा व्रतालु महिलाहरुले बिहानै उठेर नुहाइधुवाइ गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिहरूको पूजा गर्दछन् ।

३६५ वटा गनेका पूजा सामग्रीहरू जस्तै अक्षता, जौं, तिल, फूल, बत्ती, पान, सुपारी आदिद्वारा पूजाआजा गरेपछि दिउल (बियाँ) नफुटेको खानेकुरा जस्तै सामा, कागुनो, कर्कलो, आलु, तरुल, तामा आदि खाई एकछाक हविष्य बस्नुपर्ने व्रत विधि रहेको छ ।
यसरी स्नान गरी सप्तऋषिको पूजा गरेमा सबै प्रकारका दोष निवारण हुन्छ भन्ने धार्मिक विश्वास छ । सप्तऋषिको पूजासँगै तीज व्रत पनि समाप्त हुने मान्यता छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।