२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

देउखुरीमा सर्पले डसेर एक शिक्षकको मृत्यु:

श्रवण कुमार यादव, दाङ राजपुर। देउखुरीमा सर्पले डस्दा श्रावण १२ गतेका दिन एकजना शिक्षककाे मृत्यु भएको छ । मृत्युु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरिया निवासी ५५ वर्षिय शालिक राम यादव रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

यादवलाई साेमबार बिहानै करिब ५ बजे घरभित्रै योग गर्दै गरेकाे अवस्थामा विषालु सर्पले डसेकाे पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कोब्रा सर्प डसेपछि लगत्तै उनलाई तत्काल गढवा स्थित सर्प दंश उपचार केन्द्रमा पुर्‍याइएकाे थियो । गढवामा उपचार सम्भव नभएपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको थियो ।

उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यादवको मृत्यु भएको हो । मृतक यादव राजपुर गाउँपालिका-३, खरदरिया स्थित शंकर माध्यामिक विद्यालयको पूर्व प्रधानाध्यापक हाल कार्यरत शिक्षक रहेका थिए ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।