२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

देउखुरीमा राप्ती नदिमा बगेर १६ वर्षीया बालिकाकाे मृत्युु:

दाङ देउखुरी । राप्ती नदीमा भैँसी तार्ने क्रममा बेपत्ता भएकी १६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।

दाङको राजपुर गाउँपालिकमा वडा नंम्बर ३ कालीपुरुवाका रामकुमार यादवको छोरी १६ का विद्यावती यादव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिनुभयो।

यादव हिजो बुधबार साँझ ६ बजेतिर लमही नगरपालिका-८ दुईघरवाबाट भैँसी चराई घर तर्फ फर्किदै गर्दा राप्ती नदीमा भैँसी तार्ने क्रममा बगी बेपत्ता हुनुभएको थियो । यादव बगेर बेपत्ता भएको स्थानियले प्रहरीलाई खबर गरे पश्चात स्थानीयवासी र प्रहरी टोलीले खोजी प्रक्रिया सुरु गरेका डिएसपी थापाले बताउनुभयो।

बेपत्ता बालिकालाई खोजी गदै जाँदा आज बिहान साढे ८ बजेतिर लमही नगरपालिका ८ धनपुरुवा स्थित राप्ती नदीको बीचमा बालिकाको शव फेला परेको थापाले जानकारी दिनुभयो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।