काठमाडौँ । आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना भएका छन् । प्रसाईंलाई उच्च रक्तचापको समस्याका कारण अस्पताल भर्ना गरिएको साइबर ब्युरोका एक अधिकृतले जानकारी दिए ।
प्रसाईलाई विद्युतीय अपराध सम्बन्धी कसुरमा ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । उनको कार्डियो सम्बन्धी समस्या पनि देखिएको बुझिएको छ ।
























