दाङ । दाङ जिल्लाको बेलझुण्डीमा रहेका करिब पाँच सय बढी अनाथ टुहुरा गाई- बाच्छाहरुलाई दानस्वरुप पराल उपलब्ध गराइदिनका लागि गाई संरक्षक प्रधान ब्यक्ती भरतनाथ योगीले दङ्गालीलाई आग्रह गरेका छन् ।

कतिपयले पराल दान दिने तर त्यो दान गरिएको पराल उक्त स्थानसम्म ल्याई पुर्याउनु पर्दा ढुवानी अझ महँगो पर्न जाने हुँदा दान दिनेले गाई बाच्छा रहेको स्थानमै दिए राम्रो हुने उनको भनाई छ ।
























