दाङ । नेकपा एमाले तुलसीपुर नगर कमिटीले एक कार्यक्रमको आयोजना गरेर ४७ औं पुष्पलाल स्मृति दिवस मनाएको छ ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अथिति संघिय सरकारका पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले पुष्पलालको स्मृति दिवस केवल स्मरणको लागि मात्र नभइ आत्म मूल्यांकनको अवसर भएको बताइएको छ ।
जनमुखी शासन, वैचारिक इमानदारी, र जनताको वास्तविक हितमा केन्द्रित राजनीति पुष्पलालको सपना भएको बताउँदै आजका नेतृत्वले त्यसको अनुकरण गर्नुपर्नेमा जोड दिइएको हो ।
यसैबीच तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खडकाद्वारा पुष्पलालको जीवनी, संघर्ष, र नेपाल कम्युनिष्ट पार्टी स्थापना कालका सन्दर्भहरूका विषयमा आफ्ना धाराना राखिएको हो।
कार्यक्रममा पुष्पलाल बाटीकामा रहेको शालिकमा माल्यार्पण समेत गरिएको थियो । नगर कमिटीका अध्यक्ष रुपबहादुर खत्रीको अध्यक्षतामा भएको स्मृति दिवस कार्यक्रमको सहजीकरण सचिव जीत बहादुर खडकाबाट भएको थियो ।
























