२०८२ मंसिर २८ आईतवार
२०८२ मंसिर २८ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

दाङका स्थानिय तहसँग नेपाल- क्यानडा पर्यटन संस्कृती व्यापार केन्द्रद्धारा छलफल:

दाङ, ४ असोज ।
नेपाल क्यानडा पर्यटन संस्कृती तथा व्यापार केन्द्रले दाङका स्थानिय तहहरुसँग छलफल गरेको छ । नेपाल क्यानडा पर्यटन संस्कृती तथा व्यापार केन्द्र (NCTCT, NEPA) को आयोजना तथा KIWANIS को सहकार्यमा आज तुलसीपुर उप–महानगरपालिकाको सभाहलमा दाङका पालिकाका प्रमुख, उप–प्रमुख, शिक्षा, स्वास्थ्य, कृषी र पर्यटन शाखा प्रमुखहरुसँग शिक्षा, स्वास्थ्य, पर्यटन, कृषी विकास विषयक छलफल तथा अन्तरकृया गरिएको हो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अथिति तुलसीपुर उप–महानगरपालिकाका प्रमुख टिकाराम खड्काले नेपालमा रहेका पर्यटकिय क्षेत्रको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । विगतको तुलनामा अहिले शिक्षा, स्वास्थ्य, कृषी, पर्यटन क्षेत्रमा धेरै सुधार हुदै गएको भन्दै मेयर खड्काले अझै धेरै काम गर्न बाकी रहेको बताउनुभयो । यसका लागी नेपाल क्यानडा पर्यटन संस्कृती तथा व्यापार केन्द्रसँग सहकार्य गरी अगाडी बढ्न तयार रहेको उहाँले बताउनुभयो ।

यसैगरी कार्यक्रमका विशिष्ट अथितिहरु उप–मेयर स्यानी चौधरी, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्री, बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जिसीलगाएतले शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल क्यानडा पर्यटन संस्कृती तथा व्यापार केन्द्रसँग सहकार्य गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संस्थाले आगामी दिनमा सबै पालिकाहरुसँग सहकार्य गरी विकासात्मक काम गर्ने अपेक्षा गरिएको उनीहरुको भनाई छ । संस्थाले देशभरका ७ वटै प्रदेशका विभिन्न जिल्लाहरु छनौट गरी काम गर्दै आएको जनाएको छ । जसअनुसार लुम्बिनी प्रदेशमा अहिले दाङको घोराहीमा मात्रै कार्यक्रम सञ्चालन गरेको पाइएको छ । अब तुलसीपुरमा पनि शिक्षा, स्वास्थ्य, कृषी र पर्यटनका क्षेत्रमा काम गर्ने केन्द्रिय कार्यक्रम संयोजक सम्झना शर्माले जानकारी दिनुभयो । सबै पालिकाकासँग छलफल र समन्वय गरी काम गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा घोराहीका विद्यालयमाहरु गरिएको अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो । जसमा धेरै विद्यालयहरुमा शौचालयहरु फोहोर र अव्यवस्थित रहेको पाइएको छ । पहिले शिक्षा क्षेत्र सुधार गरेपछी अन्य क्षेत्रमा अगाडी बढ्न सहज हुने भन्दै कार्यक्रममा सहभागीहरुले शिक्षालाई प्राथामिकता दिएर काम गर्न आवश्यक रहेको बताएका छन् ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।