२०८२ पुष ३० बुधबार
२०८२ पुष ३० बुधबार
rapti gyalaxy
previous arrow
next arrow

जन्मदिनको अवसरमा प्रिस्का मल्लद्वारा ज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण:

दाङ देउखुरी / राजपुर- पौष १४। शिक्षामा बालबालिकाको सानो सहयोगले ठूलो सपना निर्माण गर्न सकिन्छ भन्ने उदाहरण राजपुर गाउँपालिका–१ गुरुङखोला स्थित ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ५३ हजार २ सय ५० रुपैयाँ बराबरको स्टेशनरी सामग्री वितरण गरी एक परिवारले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको पाइएको छ ।

बुवा टीका मल्ल र आमा नूतन सिहं ठकुरीको आर्थिक सहयोगमा उनकी छोरी प्रिस्का मल्लको जन्मदिनको अवसर पारेर उक्त सामग्री वितरण गरिएको हो । जन्मदिनलाई केवल केक काट्ने र रमाइलोमा सीमित नगरी समाजका नानीहरूको भविष्य उज्यालो बनाउने माध्यम बनाइनु आफैंमा प्रेरणादायी कार्य बनेको छ ।

विद्यालयमा अध्ययनरत शिशु कक्षादेखि कक्षा ८ सम्मका सम्पूर्ण विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, इरेजर ज्यामेट्री लगायतका आवश्यक स्टेशनरी सामग्री प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ । हाल बुवा टीका मल्ल वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा बसोबास गर्दै आउका छन् । टाढा रहेर पनि आफ्नो जन्मभूमि र विद्यालय प्रतिको माया र जिम्मेवारी उहाँको यो सहयोगबाट प्रष्ट झल्किएको छ ।

कार्यक्रममा राजपुर गाउँपालिकाका शिक्षा साखा प्रमुख बासुदेव खनाल, वडा नं. १ का वडा अध्यक्ष सूर्यप्रसाद चौधरी, विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाही तथा विद्यालयमा अध्यापनरत सम्पूर्ण शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरूले शिक्षामा लगानी गर्नु नै सबैभन्दा ठूलो लगानी भएको बताउँदै यस्ता मानवीय र सामाजिक कार्यहरूले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राखेका थिए । विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले सहयोगी परिवारप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यले विद्यार्थीहरूको मनोबल बढ्नुका साथै पढाइप्रति थप उत्साह जाग्ने विश्वास व्यक्त गरे । कार्यक्रमको सञ्चालन समेत प्रधानाध्यापक शाहीले नै गरेका थिए । विद्यार्थीहरूको मुहारमा देखिएको खुशीले कार्यक्रमलाई अझै भावुक र स्मरणीय बनाएको थियो ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।