दाङ देउखुरी । देउखुरीको गढवामा गाई काटेको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गढवा गाउँपालिकाले संचालन गरेको गौशालाबाट पाल्ने वाहानामा ल्याइएको गाइको बाच्छो घरमा ल्याइ काटेर खाएको आरोपमा प्रहरीले ३ महिला र १ पुरुष गरि चार जनालाइ पक्राउ गरेको हो ।
त्यस्तै पक्राउ पर्नेहरुमा गढवा-६ बनकट्टी बस्ने बागमती बिक, नौमती बिक, नौरती बिक र टोपे बिकलाई गाइको मासु सहित ईलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जानकारी दिए ।