काठमाडौं, १८ मंसिर । १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार आज बिहान पौने ११ बजे देखि सुरु भएको छ । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल आज खेल्न लागेको हो । यस अघि लगातार दुई खेलमा पराजित भएको नेपाल लगभग प्रतियोगिताबाट बाहिरी सकेको छ ।
नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले र दोस्रो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित भएको हो । १९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।।
























