२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

एन प्याब्सन दाङद्वारा लमहीमा शुभकामना आदान- प्रदान कार्यक्रम , देउखुरीमा थप दुई बिद्यालय लाई नयाँ सदस्यता प्रदान :

दाङ ,असोज -२० l संस्थागत विद्यालयको छाता संगठन नेसनल प्याब्सन ( एन प्याब्सन) दाङद्वारा बिजया दशमी , शुभ दिपावली तथा छठ पर्वको सु- अवसरमा शुभकामना आदान- प्रदान कार्यक्रम लमहीको सिद्दार्थ होटेल लमहीमा सप्पन्न गरिएको छ l

एनप्याब्सन दाङ जिल्लाका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता ,लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्री मा. प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आतिथ्य र एन प्याब्सन राष्ट्रिय उपाध्यक्ष सुबोध डाङ्गी तथा एनप्याब्सन केन्द्रीय सदस्य प्रकाश कुमार शर्माको बिशिष्ठ आतिथ्यमा सम्पन्न कार्यक्रममा, लुम्बिनी प्रदेश सचिब टोपेन्द्र खनाल , सह- कोषध्यक्ष नरेश आचार्य , सदस्य केपी न्यौपाने , नेसनल प्याब्सन दाङका सल्लाहकार विक्रान्त ज्ञवाली, नेसनल प्याब्सन दाङका निवर्तमान जिल्ला उपाध्यक्ष भुमाण्डप केसी एवम् स्थानिय पालिका दाङका संयोजकहरु लगायत संगठनमा आवद्ध विद्यालयका प्रधानाध्यापकहरु, सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो ।

संगठनका वरिष्ठ जिल्ला उपाध्यक्ष ठाकुर प्रसाद डाङ्गीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले हाम्रो देशमा शैक्षिक अवस्थाको प्रगती हुनुमा निजि विद्यालय ठूलो योगदान रहेको बताउनु भएको छ।

Oplus_131072

कार्यक्रममा देउखुरीको लमही स्थित गुरुकुल एकेडेमी र राजपुर -६ स्थित बुद्द किरण ई. बो. स्कुललाई नयाँ सदस्यता प्रदान गरिएको छ ।
गुरुकुल एकेडेमी प्राली यस अघि साविकको नाममा प्याब्सनमा आवद्दता रहेको र बुद्ध किरण स्कुल कुनै संगठनमा आवद्द नभएको पाइएको छ ।

एन प्याब्सन दाङका सचिब सालिकराम कार्कीद्वारा संचालन गरिएको कार्यक्रममा उपस्तिथ सम्पुर्णका बिच बिजयादशमी ,शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान भएको थियो ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।