२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

एनप्याब्सन लुम्बिनी प्रदेश कमिटीको बैठक सम्पन्न, अधिवेशन भाद्र महिनामा :

टोपेन्द्र खनाल / असार-२७, शुक्रबार ।राष्ट्रिय निजि संस्थागत विद्यालयको छाता संगठन नेसनल प्याब्सन (एनप्याब्सन) लुम्बिनी प्रदेश कमिटीको बैठक आज दाङ जिल्लाको लमहीमा सम्पन्न भएको छ ।

एनप्याब्सन लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष डिल्लीराम काफ्लेको अध्यक्षतामा सम्पन्न भएको बैठकले एनप्याब्सन लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष कुबेर बस्नेतले आफ्नो जिम्मेवारी उपाध्यक्ष डिल्लीराम काफ्लेलाई सुम्पिदै केन्द्रिय कोषाध्यक्ष पदमा चयन भएकोप्रती र एनप्याब्सन लुम्बिनी प्रदेश कमिटीका सह- कोषाध्यक्ष नरेश आचार्य र सह- सचिव जीत बहादुर क्षेत्री केन्द्रीय सदस्य पदमा चयन भएकोमा निजहरुलाई प्रदेश कमिटीको तर्फबाट हार्द्दिक धन्यवाद ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ भने एनप्याब्सन लुम्बिनी प्रदेशको अधिवेशन २०८२ साल भाद्र २० र २१ गते  दाङ जिल्लाको लमहीमा सम्पन्न गर्ने निर्णय गरेको छ ।उक्त  अधिवेशनको अवसर पारी शैक्षिकसत्र २०८१ मा एसईई उत्कृष्ट जिपिए प्राप्त विद्यार्थीलाई सम्मान गर्ने निर्णय गरेको छ ।

यसैबीच नेसनल प्याब्सन लुम्बिनी प्रदेश कमिटीका सदस्य सुर्यनाथ दास पटेलकी ममतामयी माता  दुर्गादेवी पटेलको २०८२ जेष्ठ १० गते  भएको असमायीक दु:खद निधनप्रती गहिरो दु:ख प्रकट गर्दै मृतकप्रती हार्दिक भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको निर्णय पारित गरेको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।