२०८२ कार्तिक २३ आईतवार
२०८२ कार्तिक २३ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

एनप्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न

भाद्र -१९,२०८१
एनप्याब्सन दाङको आयोजनामा जिल्ला स्तरीय गायन र नृत्य प्रतियोगिता सम्पन्न भएको छ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायन र नृत्य प्रतियोगिता भएको हो ।
जिल्ला अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको हो ।
संगठनमा आवद्द मध्येका जिल्लाका केही विद्यालयका बिध्यार्थीहरुले सहभागीता लिएका थिए।
नृत्य तर्फ ज्ञानज्योती मा बी तुलसीपुरले प्रथम स्थान हासिल गरेको छ भने शिखा इङ्ग्लिश बोर्डिङ स्कुल तुलसीपुर दोस्रो स्थान र बाल साहारा इङ्गलिस बोर्डिङ स्कुलले तेस्रो स्थान हासिल गर्न सफल भएका छन भने अमृत एकेडेमी तुलसीपुरले सान्त्वना स्थान प्राप्त गरेको छ ।
त्यस्तै गायन छात्र तर्फ राप्ती बाल एकेडेमी प्रथम , शिखा इङ्गलिस बोर्डिङ स्कुल दोस्रो र डिभाइन टेम्पल एकेडेमीले तेस्रो स्थान हासिल गरेका छन ।
गायन छात्रा तर्फ शिखा इन्ङ्गलिस बोर्डिङ स्कुल प्रथम , पारिजात इङ्गलिस बोर्डिङ स्कुल दोस्रो , हाइलाइट इङ्गलिस बोर्डिङ स्कुल तेस्रो र अमृत एकेडेमीले सान्त्वना स्थानमा पर्न सफल भएका छन ।
प्रतियोगितामा स्थान प्राप्त गर्ने विद्यार्थीहरु र विद्यालयलाई प्रमाणपत्र सहित पुरस्कर प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले आफ्नो रितिरिवाज र संस्कारको जगेर्ना गर्दै तिज मनाउने कार्यप्रती नेसनल प्याब्सन दाङलाई धन्यवाद ब्यक्त गर्दै विद्यार्थीहरुको क्षमतालाई प्रस्तुत गर्ने स्थान दिदै तिज पर्बको महत्त्व र आपसी सदभाव बढाएर एनप्याबसन दाङले उत्कृष्ट काम गरेको बताए।

त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथी एनप्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाङीले विद्यार्थीहरुको क्षमता उजागर गर्न प्रतियोगिताले महत्त्वपूर्ण भुमिका खेलेको बताएका थिए।
एनप्याब्सन दाङका उपाध्यक्ष ठाकुर डाङ्गीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको एन प्याब्सन दाङका सचिब शालिकराम कार्कीले गरेका थिए ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।