२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

आज गुरुपूर्णिमा:

टोपेन्द्र खनाल/असार-२६, दाङ ।
आज श्रावण शुक्ल पूर्णिमा, अर्थात् गुरुपूर्णिमा। हिन्दू धर्म, संस्कृति र शिक्षाको इतिहासमा आजको दिन विशेष महत्व राख्दछ। हरेक वर्ष यो दिन ज्ञान, शिक्षा र आध्यात्मिक मार्गदर्शन दिने गुरुप्रति श्रद्धा र सम्मान व्यक्त गर्न मनाइन्छ।

गुरुपूर्णिमाको सुरुवात वेदव्यासको सम्झनाबाट हुन्छ, जसले वेदहरू संकलन, महाभारत र १८ पुराणहरूको रचना गरे। तिनै व्यास मुनिको सम्मानमा आजको दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ।

गुरु अर्थात् अज्ञानता हटाउने र ज्ञानको प्रकाश दिने व्यक्तित्व। परम्परागत गुरुकुल प्रणालीदेखि आधुनिक शैक्षिक संस्थासम्म, गुरुको भूमिका अमूल्य रहँदै आएको छ। आजको दिन विद्यालय, गुम्बा, मठ, मन्दिर तथा घरघरमा शिक्षकमाथि श्रद्धा अर्पण गरिन्छ।

जलबराह मिडिया ज्ञान र सामाजिक चेतनाको प्रवाह गर्ने सञ्चार संस्था हो। आज गुरुपूर्णिमाको अवसरमा हामी सम्पूर्ण शिक्षकमण्डली, आध्यात्मिक गुरू, समाजसेवी मार्गदर्शक तथा अभिभावकहरूलाई नमन गर्दै श्रद्धा व्यक्त गर्दछौं।

आजको दिन हामी सबैलाई हाम्रो जीवनका शिक्षकमाथि पुनः सोच्ने मौका दिन्छ– ती शिक्षक जसले अक्षर मात्र होइन, जीवन बाँच्ने कला सिकाए। ती गुरू जसले गल्तीबाट सच्याए, असत्यबाट सत्यतर्फ डो-याए, र निराशाबाट आशातर्फ उन्मुख गराए।

आजको दिन एउटा आत्म-प्रश्न पनि हो-

के हामी हाम्रा गुरुहरूको सम्मान वर्षको एउटा दिनमा मात्र सीमित राख्ने त?

के शिक्षा प्रति हाम्रो मूल्य, व्यवहार र दायित्व साँचो अर्थमा सक्रिय छ?

गुरुपूर्णिमाको सन्देश यही हो– ज्ञानप्रति समर्पण गर, गुरुजनप्रति आभार राख, र आफैं पनि समाजका लागि एक प्रेरणादायी पात्र बन्न प्रयास गर ।- जलबराह मिडिया डटकम।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।