दाङ देउखुरी / राजपुर, चैत्र १९ । दाङ देउखुरीको राजपुर गाउँ पालिकाको पालिका स्तरीय समिति ” संस्थागत विद्यालय समन्वय समिती राजपुर”को बैठक समितीका अध्यक्ष टोपेन्द्र खनालको अध्यक्षतामा यही चैत्र १८ गते राजपुर -१ को पिक्निक स्थल झरझरेमा सम्पन्न भएको छ ।

आन्तरिक पिक्निकको साथ सम्पन्न बैठकले दुई महत्वपुर्ण प्रस्तावमाथी व्यापक छलफल गरी निर्णय समेत पारित गरेको छ ।

पारित निर्णयहरुमा १. आगामी शैक्षिकसत्र २०८३ शुल्क सम्बन्धमा रहेको छ भने अर्को २. छिमेकी पालिका लमही नगर पालिका तथा गढवा गाउँपालिकामा रहेका संस्थागत विद्यालयका पालिका स्तरीय समितिसंग वार्ता/ समन्वय गर्न गराउन, आवश्यक सहजीकरणको लागि राजपुर गाउँ पालिकाको शिक्षा शाखालाई अनुरोध गर्नका निम्ति संस्थागत विद्यालय समन्वय समिती राजपुरका सचिब युवराज केसीको संयोजकत्वमा प्रभु चौधरी सह-संयोजक तथा उमाकान्त यादव सदस्य रहेको एक वार्ता/ समन्वय समिति राजपुर गठन गरिएको छ ।
उल्लेखित दुबै निर्णय कार्यान्वयन राजपुर गाउँ पालिकाको शिक्षा शाखाको समन्वयमा हुने जनाइएको छ।


























