२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार
rapti gyalaxy
previous arrow
next arrow

विद्यालयको वार्षिकोत्सब कार्यक्रमको मन्तव्यले उठायो प्रश्न, पछि धारणा फेरियो:

दाङ, राजपुर । राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियाको सोमइथान एलएच एकेडमीको १७ औं वार्षिकोत्सव कार्यक्रम फाल्गुन १ गतेका दिन सहभागी भएका एक जिम्मेवार विशिष्ट अतिथि दाङ राप्ती गाउँपालिका प्याब्सन अध्यक्ष रामप्रसाद शर्मा भट्टराईको मन्तव्यपछि उक्त विद्यालयको सञ्चालन अनुमतिसम्बन्धी विषय पुनः चर्चामा आएको छ।
कार्यक्रममा बोल्दै उनले विद्यालय संचालन अनुमतिको विषयमा मिडिया र सामाजिक सञ्जालमा प्रकाशित समाचार ‘भ्रामक’ भएको दाबी गर्दै अभिभावकहरूलाई सजग रहन आग्रह गरेका थिए।
उनको भनाई मिडिया मार्फत सार्वजनिक भएपश्चात् पछि जलबराह मिडिया डटकमले टेलिफोन सम्पर्क गरी मिडियाले सार्वजनिक गरेको समाचारमा कहाँनेर भ्रामक भयो भनेर सोधपुछ गर्दा भने फरक धारणा सार्वजनिक गरेका छन् ।
शर्माले पछि दिएको जवाफमा आँफुले – तत्कालीन शिक्षा शाखा प्रमुखले दिएको अभिव्यक्तिमा देखिएको त्रुटि पुष्टि भएको संकेत गर्न खोजेको बताएका छन्।
शर्मा भन्छन् : शैक्षिकसत्र २०८२ मा कक्षा ८ नचलेको विद्यालयमा शिक्षा शाखा प्रमुखले उक्त कक्षामा २३ जना विद्यार्थी छन् , कक्षा ८ चलेको छ भनेर दावी गर्नु भनेको समाजमा भ्रम छरेको होइन? यी तत्त्व गलत होइनन ? यसतर्फ विद्यालयका अभिभावक सजग रहन पर्दैन? भनेर आफ्नो भनाईलाई प्रष्ट पारेका छन् ।

शैक्षिक सत्र २०८२ मा कक्षा ८ सञ्चालन भएको वा नभएको विषयलाई लिएर मिडियामा समाचार प्रसारण भएको थियो । राजपुर गाउँपालिका तत्कालीन शिक्षा शाखा प्रमुख केशव लम्सालले शैक्षिकसत्र २०८२ मा कक्षा ८ सञ्चालन भएको दाबी गरेका थिए भने विद्यालयका तत्कालीन प्र.अ. दिवाकर चौधरीले शैक्षिकसत्र २०८२ मा कक्षा ८ नचलेको प्रतिक्रिया दिएका थिए ।

राजपुर गाउँपालिका शिक्षा शाखाले पालिका भित्रका संस्थागत विद्यालय रेकर्ड शैक्षिक क्यालेन्डर २०८२ मार्फत सार्वजनिक गरे अनुसार भने यसो देखिन्छ ।

Oplus_131072
Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।