२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार
rapti gyalaxy
previous arrow
next arrow

राजपुर गाउँपालिकाले नयाँ घर भाडामा खोज्यो:

दाङ/ राजपुर, भदौ -२५ । राजपुर गाउँपालिकाको स्वास्थ्य शाखा सञ्चालन भइरहेको भवनको भौतिक अवस्था जीर्ण रहेको विषय सार्वजनिक भएपछि गाउँपालिकाले कार्यालय प्रयोजनका लागि नयाँ घर भाडामा लिन सूचना जारी गरेको छ।

राजपुर गाउँपालिकाले २०८३ भदौ २५ गते सूचना प्रकाशित गर्दै गाउँ कार्यपालिकाको कार्यालय सञ्चालनका लागि घर भाडामा लिन इच्छुक घरधनीबाट तीन दिनभित्र निवेदन माग गरेको हो।

गाउँपालिकाको सूचनामा तीनवटा उज्याला तथा प्रयोगयोग्य कोठा, खानेपानी, शौचालय र विद्युतको उचित व्यवस्था भएको घर आवश्यक रहेको उल्लेख छ। त्यस्तै मुख्य सडक वा सहज रूपमा सवारीसाधन आवतजावत गर्न सकिने बाटोबाट पहुँचयोग्य, सुरक्षित, भूकम्प प्रतिरोधी तथा प्रशासनिक कामका लागि उपयुक्त भवन हुनुपर्ने जनाइएको छ।

घर भाडामा लिनका लागि गाउँपालिकाले क्षेत्रसमेत तोकेको छ। सूचनाअनुसार पूर्वमा गंगदी खोला, पश्चिममा सामुदायिक वन, उत्तरमा गंगदी चोकदेखि १ किलोमिटरसम्म र दक्षिणमा हुलाकी राजमार्गभित्र पर्ने घर हुनुपर्नेछ।

यसअघि जलबराह मिडियाले “जीर्ण भवनमा राजपुरको स्वास्थ्य शाखा, जोखिममा कर्मचारी
” शीर्षकमा स्वास्थ्य शाखा सञ्चालन भइरहेको भवनको अवस्थाबारे समाचार प्रकाशित गरेको थियो।
समाचारमा भवनको भौतिक अवस्था कमजोर रहेको र कर्मचारी तथा सेवाग्राहीको सुरक्षामा जोखिम हुन सक्ने विषय उठाइएको थियो।

नयाँ घर भाडामा लिन जारी गरिएको सूचनाका विषयमा राजपुर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढासँग बुझ्दा, जीर्ण भवनमा सञ्चालन भइरहेका स्वास्थ्य शाखालगायतका कार्यालय तथा त्यहाँ आउने सेवाग्राहीको सुरक्षालाई ध्यानमा राखेर सुरक्षित स्थानको खोजी गरिएको बताउनुभयो।
बुढाका अनुसार जिर्ण भवनको अवस्थाका कारण सुरक्षित र उपयुक्त स्थानमा कार्यालय सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले घर भाडामा लिन प्रक्रिया अघि बढाइएको हो।

यसैबीच, राजपुर गाउँपालिका स्थापना भएको १० वर्ष पुग्न लाग्दा पनि आफ्नै प्रशासनिक भवन निर्माण हुन नसकेको विषय पनि चासोको विषय बनेको छ।
आफ्नै भवन निर्माण हुन नसक्दा कार्यालय सञ्चालनका लागि वैकल्पिक तथा भाडाका संरचनामा निर्भर हुनुपर्ने अवस्था रहेको छ।

हाल गाउँपालिकाले नयाँ घर भाडामा लिन प्रक्रिया अघि बढाएसँगै कुन भवन छनोट हुन्छ, भाडादर कसरी निर्धारण गरिन्छ र कार्यालय स्थानान्तरणको प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषय चासोमा रहेको छ।

जीर्ण भवनको अवस्थाका कारण देखिएको सुरक्षा चिन्ता र नयाँ घर भाडामा लिने प्रक्रियाले तत्कालीन आवश्यकता सम्बोधन गर्न खोजिएको देखिए पनि दीर्घकालीन रूपमा गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणको विषय भने अझै महत्वपूर्ण रहने देखिन्छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।