काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका क्रममा थप पाँच मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिएको छ ।
प्रधानमन्त्रीमा नियुक्त भएको १० दिनपछि कार्कीको मन्त्रिमण्डलमा थप पाँच जनाको नाम सिफारिस भएको हो ।
सिफारिस गरिए अनुसार उद्योग मन्त्रालयको नेतृत्वकालागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, स्वास्थ्य मन्त्रालयका लागि मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र, कृषि मन्त्रालयका लागि मदन परियार, सञ्चार मन्त्रालयका लागि पत्रकार जगदीश खरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि महावीर पुनलाई सिफारिस गरिएको छ।

























