२०८३ आश्विन ६ मंगलवार
२०८३ आश्विन ६ मंगलवार
rapti gyalaxy
previous arrow
next arrow

दाङ राजपुरको शंकर माविका विद्यार्थीद्वारा बाढीपीडितलाई रु. ६,७२० सहयोग:

दाङ /राजपुर, भदौ -१८ ।  यही भदौ १० मा आएको रसुवा, नुवाकोट बाढीपहिरोजस्ता प्राकृतिक विपद्का कारण पीडामा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले दाङको राजपुर गाउँपालिका–३, खरदरियास्थित स्कुलको शंकर माविका विद्यार्थीहरूले रु. ६ हजार ७ सय २० सहयोग गरेका छन्।

आफ्नो दैनिक खाजाखर्चबाट सकेको रकम बचत गरी विद्यार्थीहरूले उक्त सहयोग रकम संकलन गरेका हुन्। विपदमा परेका नागरिकको दुःखमा आफूले पनि केही योगदान गर्नुपर्छ भन्ने भावनाका साथ विद्यार्थीहरूले स्वेच्छिक रूपमा रकम जुटाएका हुन्।

सानो उमेरमै विद्यार्थीहरूले देखाएको यो मानवीय संवेदना र सामाजिक उत्तरदायित्व प्रशंसनीय बनेको छ। उनीहरूको यो प्रयासले सहयोगका लागि ठूलो धनराशि होइन, पीडितको दुःख बुझ्ने ठूलो मन आवश्यक हुन्छ भन्ने सन्देश दिएको छ।

विद्यालय परिवारले पनि विद्यार्थीहरूको मानवीय कार्यको प्रशंसा गर्दै विपद्को समयमा पीडित परिवारको साथमा उभिनु सबैको साझा दायित्व भएको जनाएको छ।

विद्यार्थीहरूको यो सानो योगदान बाढीपीडितका लागि आर्थिक सहयोग मात्र नभई दुःखमा साथ दिने आत्मीयता र मानवताको सुन्दर उदाहरण बनेको छ.

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।