दाङ देउखुरी / राजपुर- बैशाख -१५ । दाङको राजपुर गाउँपालिका–२ अन्तर्गत कठबेरुवा बेला स्किम नम्बर–२ खानेपानी आयोजनाका लागि आवश्यक बजेट माग गर्दै प्रतिनिधि सभा सदस्य देब राज पाठक समक्ष फाइल पेश गरिएको छ।
२०८३ साल वैशाख १५ गते उक्त क्षेत्रका सरोकारवालाहरूले खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक बजेट व्यवस्थापन गर्न माग गर्दै औपचारिक रूपमा फाइल बुझाएका हुन्। स्थानीयवासीका अनुसार उक्त क्षेत्रमा स्वच्छ खानेपानीको अभाव रहँदै आएकोले योजना कार्यान्वयन अत्यन्त आवश्यक रहेको बताइएको छ।
फाइल पेश कार्यक्रममा स्थानीय समाजसेवी हेम कुमार जि. सी. लगायतको सहभागिता रहेको थियो। उनीहरूले समयमै बजेट विनियोजन गरी योजना अगाडि बढाउन सांसद पाठकसँग आग्रह गरेका छन्।
सांसद पाठकले प्राप्त फाइल अध्ययन गरी आवश्यक पहल गर्ने आश्वासन दिएको बुझिएको छ।

























