२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार
rapti gyalaxy
previous arrow
next arrow

गढवाको डिवेल बोर्डिङ्ग स्कुलले मनायो आफ्नो १५ औं वार्षिकोत्सव :

दाङ देउखुरी। गढवा गाउँपालिकाको पचहैया स्थित डिवेल ईङ्गलिस बोर्डिङ्ग स्कुलले आफ्नो १५ औं वार्षिकोत्सव समारोह विद्यालयका विव्यस अध्यक्ष पवन योगिको अध्यक्षता गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुरामअधिकारीको प्रमुख आतिथ्य तथा एन प्याब्सन लुम्बिनी प्रदेश समितीका सचिव एवम् फेमिली प्याराडाईज ईङ्गलिस बोर्डिङ स्कुल राजपुर -२ मटेरियाका प्रबन्ध निर्देशक टोपेन्द्र खनालको विशिष्ट आतिथ्यमा भव्य कार्यक्रमको आयोजना गरि यही पौष १४ गतेका दिन मनाएको छ ।

oplus_2

विद्यालयकी शिक्षक निर्मला यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी अधिकारीले डिवेल स्कुलको स्थापनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै गढवा गाउँपालिकाको प्रतिष्ठा एकेडमी , कोशेली बोर्डिङ्ग स्कुलले गढवामा आधारभुत तह कक्षा ८ को रिजल्टमा शतप्रतिशत बिध्यार्थी उत्तीर्ण गराए झैँ डिवेल स्कुलले पनि त्यो अवसर पाए त्यस्तै रिजल्ट ल्याउने भन्नेमा सबैले आशा राख्नु पर्ने आशय प्रकट गर्दै एसईईको रिजल्टमा सामुदायिक विद्यालयको तुलनामा निजि स्कुलले राम्रो रिजल्ट ल्याएको कुरा बताए । प्रमुख अतिथी अधिकारीले हुनेखानेका छोराछोरी टाढाटाढाबाट आउने निजि स्कुलका भ्यानमा जाने गरेको भएपनी निम्न बर्ग गरिवका छोराछोरी मात्रै नजिकको डिवेल बोर्डिङ्ग स्कुलमा पढीरहेको उल्लेख गर्दै गढवा गाउँ पालिका क्षेत्रभित्रका बिबिध पक्षको उजागर गर्न स्थानीय सरकारले हाम्रो गढवा भन्ने स्थानिय पुस्तक पढाईरहेको ब्यहोरा स्पष्ट पारे।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथी एनप्याब्सन लुम्बिनी प्रदेशका सचिब टोपेन्द्र खनालले निजि विद्यालयले भोग्नु परेका समस्याहरुमध्य धेरै जसो समस्या निजि स्कुल परिवार आफैंले निम्त्याएको कुरा स्पष्ट पार्दै निजि स्कुलले गुणस्तरीय शिक्षा र संस्कार सहितको शिक्षा प्रदान गर्न लागि परेको भएपनि बिध्यार्थी भर्ना अभियानमा संस्कार आफैंले भुल्ने गरेको हुँदा अबका दिनमा संस्कार आफैंबाट व्यवहारमा लागू गर्न सबै स्कुलका प्रधानाध्यापकहरुलाई आग्रह गरे । राज्यले स्थानिय तहको सम्मान गर्दै स्थानिय पाठ्यक्रम प्रत्येक पालिकामा लागू गरिरहेको भएपनि त्यसको मर्म समुदायले बुझ्न नसकेको कुरा दोहोर्‍याउँदै सिङ्गो समुदायलाई रुपान्तरण गर्ने संस्था विद्यालय भएको हुँदा विद्यालय परिवारबाटै स्थानीय पाठ्यक्रमको मुल उद्देश्य बुझीबुझाई आधारभुत तहसम्मको स्थानिय पाठ्यक्रममा बिध्यार्थीहरुलाई समाबेश गर्न आफ्नै समुदायका अभिभावकहरुलाई ध्यानाकर्षण गराउन आग्रह समेत गरे ।

कार्यक्रमका अतिथी गढवा गाउँ पालिका २ नम्बर वडाका सदस्य राधेश्याम थारु कुमाल , अभिभावक लालमती चौधरी , कार्यक्रमका अतिथी ज्ञानज्योती ई. बो. स्कुलका प्रधानाध्यापक दिपक कुमार यादव , शुभतारा ई. बो. स्कुलका सहायक प्रधानाध्यापक मधुबाबु थापा , बुद्धज्योति ई. बो. स्कुल प्रतिनिधि शिव कुमार चौधरी , मुना मिलन ई. बो. स्कुलका प्रवन्ध निर्देशक लोकराज भुसाल , कोशेली ई. बो. स्कुलका प्रधानाध्यापक अमरराज शर्मा , दिप गङ्गा ई. बो. स्कुलका प्रधानाध्यापक अभ्रनदास यादव , समाजसेवी धर्मराज योगि लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा विद्यालयको बिबिध पक्षमा प्रथम द्वितीय र तृतीय आउने बिध्यार्थीहरुलाई पुरस्कार बितरण प्रदान गरिएको थियो भने शिक्षकलाई समेत सम्मान गरिएको थियो ।

विद्यालयका शिक्षक द्वय सुनिल योगी र भिमसेन यादवद्वारा संचालन गरिएको कार्यक्रममा विद्यालयका बिध्यार्थी भाईबहिनीहरु , शिक्षकहरुले सुन्दर नृत्य प्रस्तुत गरेका थिए भने विद्यालयका प्रधानाध्यापक भानु प्रसाद यादवले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

oplus_2

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।