दाङ देउखुरी ,माघ-१। माघे सन्क्रान्तीको अवसरमा दाङ देउखुरीमा परम्परागत रिहार मेला हर्षोल्लासका साथ सम्पन्न भएको छ। ऐतिहासिक रूपमा रहेको यो मेला अहिले देउखुरी क्षेत्रका सबै जाति र समुदायको साझा सांस्कृतिक उत्सव बनेको छ।
मेलामा थारू नृत्य, गीत, भेषभूषा, परम्परागत खानपान र स्थानीय उत्पादनका स्टलहरू राखिएका थिए। मेलाले सामाजिक भेटघाट, सद्भाव र स्थानीय व्यापार तथा साना व्यवसायलाई प्रवर्द्धन गरेको छ।
यद्यपि, मेलास्थलमा फोहोर व्यवस्थापन कमजोर देखिएको छ। वरपर शौचालयको सुविधा नहुँदा दिशा–दिशा पिसाब गर्ने समस्या देखिएको छ जसको कारण गन्ध समेत आउने अवस्था बनेको छ।

दर्शकहरूले मेलास्थल छिट्टै सफा गर्नुपर्ने माग गरेका छन्।
विशेषज्ञ र स्थानीयहरूले मेला व्यवस्थापन समितिले उचित व्यवस्थापन, सरसफाइ र शौचालयको सुविधा सुनिश्चित गर्न सुझाव दिएका छन्, ताकि आगामी वर्षमा मेलालाई व्यवस्थित र वातावरणमैत्री बनाउन सकियोस्।


























