२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार
rapti gyalaxy
previous arrow
next arrow

तुल्सिपुरको बाल सहारा इङ्लिस बोर्डिङ स्कुलमा एसईई का उत्कृष्ट विद्यार्थी तथा अभिभावकहरुलाइ सम्मान:

तुल्सिपुर, असार-२१ , २०८२।

तुलसीपुर उपमहानगरपालिका–४ स्थित बाल सहारा इङ्लिस बोर्डिङ स्कुलले एसईई २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू तथा उनीहरूका अभिभावकलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ।

विद्यालयका प्रधानाध्यापक सालिकराम कार्कीको अध्यक्षता, नेसनल प्याब्सन केन्द्रीय उपाध्यक्ष सुबोध कुमार डाङीको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा अधिकृत मान बहादुर खड्काको विशिष्ट आतिथ्यमा सम्पम्न कार्यक्रममा प्रमुख अतिथि डाङीले निजी विद्यालयहरूको गुणस्तरीय शिक्षाले नै राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए ।


एसईई मा राम्रो नतिजा ल्याउनु एक ठूलो उपलब्धि भएको र त्यसपछि पनि निरन्तर मिहिनेतको जरुरी रहेको बताए । शिक्षामा अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

विशिष्ट अतिथि शिक्षा अधिकृत खड्काले विद्यालयले आयोजना गरेको सम्मान कार्यक्रमले विद्यार्थीलाई थप प्रेरणा दिने बताए ।
सम्मानित विद्यार्थीहरू भविष्यमा राष्ट्रका कर्णधार भएको र बाल सहारा स्कुलले शिक्षा क्षेत्रमै सशक्त पहिचान बनाउँदै गएको भन्दै प्रशंसा समेत गरे ।

विद्यालयका प्रधानाध्यापक कर्कीले विद्यार्थीहरूलाई अनुशासित, मेहेनती र लक्षप्रति प्रतिबद्ध बन्न आग्रह गर्दै विद्यालयले केवल किताबी ज्ञान मात्र नभएर नैतिक मूल्य र व्यवहारिक जीवनका लागि पनि आधार बनाइरहेको बताए ।
नेशसनल प्याबसन दाङका कोषाध्यक्ष भुवन ओलि , नेसनल प्याब्सन तुलसीपुरका अध्यक्ष सुमन के सी , माबी दोघरेका शिक्षक मेधराज पोख्रेल लगाएतले सुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालयका समितिका सदस्यहरूको उपस्थिति थियो।सम्मानित विद्यार्थीहरूलाई नगद ,प्रमाणपत्र, दोसल्ला र मायाको चिनो प्रदान गरिएको थियो।
विद्यालयका शिक्षक ओखिराम के सी स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक शरद शर्माले गरेका थिए ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।