दाङ देउखुरी । लुम्बिनी प्रदेश अन्तर्गत राप्ती उपत्यकामा अर्घाखाँची जिल्ला,सितगंगा नगरपालिका वडा नम्बर ८, बेलौतेलाई दाङ देउखुरीको राप्ती गाउँपालिका- १, भालुवाङ नजिकैको शान्तिपुर चैतेसित जोड्ने नयाँ पक्की पूल निर्माण कार्य सम्पन्न हुँदा स्थानीयबासीमा खुशीयाली छाएको छ ।
सुपादेउराली मन्दिर आवतजावतका लागि यो बाटो सहज हुने भएतापनी राप्ती नदी वारपार गर्न अति कठिन भएको अवस्थामा नयाँ पुल निर्माण भएपछि निकै सहज भएको स्थानीय बासीले खुशी व्यक्त गरेका छन् ।जनजीवन सहज त हुन्छ नै अब यो पूलले गर्दा प्युठानतर्फबाट र दाङतर्फबाट अर्घाखाँचीको सुपा देउराली लगायतका पर्यटकीय स्थानहरुमा पुग्नेहरुका लागि यो मार्ग छोटो दूरी हुने भएको छ ।

























