
दाङ । नेकपा महासचिव विप्लव सी दाङ देउखुरी आउने भएका छन् । नेकपा दाङको आयोजनामा हुने सर्वपक्षीय भेटघाट एवम अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न यही कार्तिक ८ गते विप्लव दाङ आउन लागेका हुन् ।
नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले कार्तिक ८ गते राप्ती गाउँपालिका देउखुरी दाङको सभाहलमा आयोजना गरिएको `सङ्कटग्रस्त नेपालले खोजिरहेको निकास ,नयाँ नीति र नेतृत्व ´का विषयमा सर्वपक्षीय भेटघाट/अन्तरक्रिया कार्यक्रमका लागि पार्टी महासचिव दाङ आउन लागेको बताए ।
नेता सविनका अनुसार सर्वपक्षीय भेटघाट एवम अन्तरक्रिया कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने भएकाले सचिव तिलक सीले कार्यक्रममा महत्वपूर्ण सुझाव सहितको सहभागिताका लागि सबैमा अपिल गरेका छन्



























