२०८३ कार्तिक ३० आईतवार
२०८३ कार्तिक ३० आईतवार
rapti gyalaxy
previous arrow
next arrow

पेट्रोल छर्केर आगो लगाइएका राजपुरका रुपलाल चौधरीको उपचारका क्रममा मृत्यु, संलग्न पक्राउ

दाङ/राजपुर,२९ कार्तिक । दाङ देउखुरीको राजपुर गाउँपालिकामा पेट्रोल छर्केर आगो लगाइएका एक पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।

​राजपुर गाउँपालिका वडा नं. २ का ४९ वर्षीय रूपलाल चौधरीको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार चौधरीको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।

​शनिबार दिउँसो करिब २:२० बजे राजपुर गाउँपालिका–२ खालगैरामा सोही ठाउँका ३८ वर्षीय त्रिलोक सिंह कार्कीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्किई आगो लगाएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका कार्कीलाई प्रहरीले खोजी गर्ने क्रममा लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो ।
​आगोले जलेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि लमही अस्पताल पुर्‍याइएको थियो ।

त्यहाँबाट थप उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल रिफर गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । घटनामा संलग्न कार्कीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।