काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालयले वि.सं. २०८३ सालको छठ पर्वको अवसरमा कार्तिक ३० गते सोमबारका दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयद्वारा मिति २०८३/०७/२७ मा जारी गरिएको सूचना अनुसार, वि.सं. २०८३ कार्तिक २९ गते आइतबारका दिन छठ पर्व परेको छ। छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई व्रत समापन गर्ने ऐतिहासिक तथा धार्मिक परम्परा रहिआएको छ।
सोही परम्परालाई मध्यनजर गर्दै व्रत समापन गर्ने दिन अर्थात् पर्वको भोलिपल्ट मिति २०८३/०७/३० गते सोमबारका दिन समेत देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

























