२०८३ कार्तिक २८ शुक्रबार
२०८३ कार्तिक २८ शुक्रबार
rapti gyalaxy
previous arrow
next arrow

ओखलढुंगामा सामाजिक सुरक्षा भत्ता हिनामिना: वडा अध्यक्षको बुढीऔँला ३६० पटक प्रयोग गरी ३१ लाख बढीको भ्रष्टाचार, मुद्दा दायर

ओखलढुंगाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक अनियमितता गरी राज्यको लाखौँ रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा ठुलो आर्थिक अनियमितता भएको भन्दै अख्तियारले लामो अनुसन्धानपश्चात तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र एमआईएस अपरेटरसहित पाँच जनाविरुद्ध आरोपपत्र दायर गरेको हो।

​अख्तियारका अनुसार यस प्रकरणका मुख्य योजनाकार मानिएका तत्कालीन वडा अध्यक्ष शुकवीर तामाङले आफ्नो दायाँ हातको बुढीऔँलाको छाप ३६० पटकसम्म प्रयोग गरेर एक्लैले २९ लाख १५ हजार २०० रुपैयाँ भुक्तानी लिएको पाइएको छ।

अन्य प्रतिवादीहरूसँगको पूर्वसहमति र मिलेमतोमा सो रकम निकालिएको अख्तियारको दाबी छ। मृत्यु भइसकेका, बसाइँ सरेका वा नरहेका व्यक्तिहरूको नाममा समेत भत्ताको रकम निकालेर चरम लापरबाही र सरकारी कागजात तथा विवरणहरू हेरफेर गरिएको अनुसन्धानबाट खुलेको छ।

​अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सबै प्रतिवादीहरूबाट बिगो असुलउपर गर्न, बिगोबमोजिम जरिवाना तिराउन र कसुरको मात्रा हेरी कैद सजाय तथा सरकारी कागजात हेरफेर गरेको कसुरमा थप सजायको माग दाबी गरेको छ।

स्थानीय तहमा नागरिकको कल्याणका लागि पठाइने संवेदनशील रकममा नै यसरी मिलेमतो गरी व्यापक अनियमितता हुनुले स्थानीय सुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।