२०८३ कार्तिक २८ शुक्रबार
२०८३ कार्तिक २८ शुक्रबार
rapti gyalaxy
previous arrow
next arrow

रकम हिनामिना गरेको आरोपमा पूर्वप्रअ र विव्यस अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा:

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालय अनुदान रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

​आयोगका अनुसार आर्थिक वर्ष २०७३/७४ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त पुस्तकालय अनुदानबापतको रु. १७ लाख ४१ हजार ४४६ हिनामिना गरिएको अनुसन्धानबाट पुष्टि भएपछि बिहीबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको हो।

​मुद्दा दायर गरिएकाहरूमा विद्यालयका तत्कालीन प्रधानाध्यापक धनबहादुर सिंह, तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिचन्द्र जैसी, तत्कालीन लेखा सहायक धीरेन्द्रबहादुर सिंह र तत्कालीन विद्यालय व्यवस्थापन समिति सदस्य जनकबहादुर नेपाली रहेका छन्।

​पुस्तकालय व्यवस्थापनका लागि आएको बजेट विद्यालयका पदाधिकारी तथा कर्मचारीले नियमविपरीत सापटी लगेको तर लामो समयसम्म फिर्ता नगरेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

​उजुरीका आधारमा गरिएको अनुसन्धानका क्रममा चारै जनाले आपसमा मिलेमतो गरी सरकारी तथा सार्वजनिक संस्थालाई हानि-नोक्सानी पुर्‍याउने बदनियत राखेको पाइएको अख्तियारले जनाएको छ। उनीहरूले कानुनविपरीत ऋण सापटी लिएको कागजात बनाएर विद्यालयको बजेट गैरकानुनी रूपमा आपसमा बाँडेर लिएको अनुसन्धानबाट खुलेको छ।

Oplus_131072

​सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी रु. १७ लाख ४१ हजार ४४६ हिनामिना गरेको पुष्टि भएकाले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐनबमोजिम कडा सजाय र हिनामिना भएको रकम असुलउपरको मागदाबी गर्दै आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

 

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।