काठमाडौं , कार्तिक -९ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागबाट प्रदान गरिने सेवाहरू सञ्चालनमा ल्याउन प्रयोग गरिएको ‘Drug Administration Management System’ (DAMS) सफ्टवेयरमा अचानक प्राविधिक समस्या आएपछि अनलाइन सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।
विभागकी सहायक सूचना अधिकारी बिनला जोशीद्वारा जारी गरिएको अत्यन्त जरुरी सूचना अनुसार, विद्युतीय सेवा प्रणालीमा आएको आकस्मिक अवरोध तथा सफ्टवेयरमा देखिएको (PHP) सम्बन्धी प्राविधिक समस्याका कारण अनलाइनमार्फत प्रदान हुने सम्पूर्ण सेवाहरू अर्को सूचना नआएसम्मका लागि बन्द रहनेछन्।
विभागले प्राविधिक कार्य सम्पन्न हुनासाथ यथाशीघ्र सेवाहरू पुन: सुचारु गरिने जनाएको છે। सेवा सुचारु भएपश्चात् सोसम्बन्धी जानकारी विभागको आधिकारिक वेबसाइट (https://dda.gov.np) मार्फत गराइनेछ। यस आकस्मिक अवरोधका कारण सेवाग्राही महानुभावहरूमा पर्न गएको असुविधाप्रति विभागले क्षमासमेत मागेको छ।


























