२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार
rapti gyalaxy
previous arrow
next arrow

आज ‘जेनजी शहीद दिवस’, देशभर सार्वजनिक बिदा

काठमाडौं, भदौ २३। सरकारले आज भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउँदै देशभर सार्वजनिक बिदा दिएको छ।

गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको योगदान र बलिदानको स्मरण तथा सम्मानस्वरूप सरकारले हरेक वर्ष भदौ २३ गते यो दिवस मनाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार आज नेपालभर सार्वजनिक बिदा लागू भएको छ। दिवसका अवसरमा जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले उठाएका सवाल, आन्दोलनका उद्देश्य तथा प्राप्त उपलब्धिबारे स्मरण र चर्चा गरिने जनाइएको छ।

सरकारले २०८२ सालको भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूलाई शहीद घोषणा गरिसकेको छ। उनीहरूको बलिदानको स्मरणमा भदौ २३ गतेलाई राष्ट्रिय रूपमा जेनजी शहीद दिवस का रूपमा मनाउने निर्णय गरिएको हो।

आजको दिनलाई केवल सार्वजनिक बिदाका रूपमा नभई युवाको आवाज, परिवर्तनको चाहना र बलिदानको स्मरण गर्ने दिनका रूपमा लिनुपर्ने सरोकारवालाहरूको धारणा छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।