
दाङ / राजपुर, भदौ २२ । दाङ देउखुरीको राजपुर गाउँपालिकामा रहेको स्वास्थ्य शाखा भवन जीर्ण बन्दै गएको छ। शाखा सञ्चालन भइरहेको भवनको भौतिक अवस्था कमजोर देखिएपछि त्यहाँ कार्यरत कर्मचारीको सुरक्षामाथि प्रश्न उठेको छ।

भवनका विभिन्न भाग जीर्ण अवस्थामा देखिनुका साथै मर्मतसम्भारको आवश्यकता रहेको देखिन्छ। दैनिक रूपमा कर्मचारी तथा सेवाग्राहीको आवतजावत हुने भएकाले भवनको कमजोर अवस्थाले सम्भावित जोखिम निम्त्याउन सक्ने प्रष्ट देखिन्छ।
स्वास्थ्य शाखा कार्यालय कक्षको यस्तो अवस्थाप्रती स्वास्थ्य शाखा प्रमुख कमल बहादुर रोकाया नै चिन्तित बनेको पाइएको छ ।
यस विषयमा सम्बन्धित निकायले समयमै ध्यान दिनु आवश्यक भएको छ ।


























