दाङ/ फागुन -१९ , रंगहरूको पर्व होलि आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। आपसी सद्भाव, मेलमिलाप र भाईचाराको सन्देश दिने यो पर्वमा बिहानैदेखि बालबालिका, युवायुवती तथा विभिन्न समुदायका मानिसहरू रंग, अबिर र पानी छ्यापाछ्याप गर्दै रमाइलो गरिरहेका छन्।
होलि पर्वले समाजमा एकता, सद्भाव र सकारात्मक सोचको सन्देश दिने विश्वास गरिन्छ। यस अवसरमा विभिन्न संघसंस्था तथा विद्यालयहरूले शुभकामना आदानप्रदान कार्यक्रमसमेत आयोजना गरेका छन्।
सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मर्यादित र सभ्य रूपमा पर्व मनाउन आग्रह गरेको छ। जबर्जस्ती रंग दल्ने, अवाञ्छित गतिविधि गर्ने तथा सवारी साधन चलाउँदा लापरवाही नगर्न पनि अनुरोध गरिएको छ।
धार्मिक मान्यताअनुसार असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा होलि मनाउने परम्परा रहँदै आएको छ।

























